नेपाल फाइनान्सको खुद नाफा ३ करोड २० लाखभन्दा बढी

0
Shares

नेपाल फाइनान्स (NFS) ले चालू आवको तेस्रो त्रैमाससम्म ३ करोड २० लाख ६६ हजार नाफा कमाएको छ । गत आवको यसै अवधिसम्ममा कम्पनीको नाफा ३५ लाख रहेको थियो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । आज सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीले १ अर्ब २८ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी ८९ करोड ७० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चैत मसान्तसम्म फाइनान्सले ४ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ३ करोड ३९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा फाइनान्सले १ करोड १७ लाख खुद ब्याज आम्दानी गर्दा फाइनान्सको सञ्चालन नाफा ४५ लाख रुपैयाँ रहेको थियो ।
चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको फाइनान्सको वार्षिक प्रतिसेयर आम्दानी ८.६६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४०.५१ रुपैयाँ, र मूल्य आम्दानी ६०.८३ गुणा छ ।

तेस्रो त्रैमाससम्म फाइनान्सको खराब कर्जा अनुपात २०.५२ बाट सुधार भई १५.७४ प्रतिशतमा आएको छ । फाइनान्सको कस्ट अफ फण्ड ८.९०, आधारदर १५.६६ स्पेडदर ५.४० तथा सिडी रेसियो ९४.९५ प्रतिशत रहेको छ ।

कम्पनीले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । कम्पनीले १ः०.७० अनुपातमा १०० अंकित दरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित थप समाचारहरू:-

नेपाल फाइनान्स पूँजीवृद्धिको बाटोमा, ७०% हकप्रदपछि मर्जरमा जाने

नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेबोनबाट स्वीकृत

नेपाल फाइनान्सको २५ औं एजिएम सम्पन्न, पाँच सञ्चालक निर्विरोध निर्वाचित

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार  १६ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।