अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले आईपीओ निष्कासन गर्न पायो अनुमति

0
Shares

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ।

बोर्डले उक्त कम्पनीलाई ३ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि समेत गरी ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न

अनुमति दिएको हो। बोर्डबाट अनुमतिसँगै उक्त कम्पनीले १०० रुपैयाँ अंकित दरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको २३ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार  ०८ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।