एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष २०७८/०७९ को तेश्रो त्रैमासमा ८ करोड ९१ लाख ९१ हजार खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिको तुलनामा यसको नाफा ६३ प्रतिशतले धेरै हो। खुद नाफा बढेसँगै क्यापिटलको प्रतिशेयर आम्दानी ५९.४६ रुपैयाँ कायम भएको छ।

क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत चार वटा योजनाहरु संचालन गरिरहेको छ ।
जस अन्तर्गत तीनवटा बन्दमुखी योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड”, “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” र “एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)” तथा एउटा खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गरिरहेको छ ।
पाँचौ एक अर्व बराबरको बन्दमुखी योजना “एन आई सी एशिया फेलेक्सी क्याप फण्ड” नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको अन्तिम चरणमा रहेको छ ।
“एन आई सी एशिया ग्रोथ फण्ड” तथा “एन आई सी एशिया ब्यालेन्सड् फण्ड”ले संचालनमा आएको पहिलो वर्ष देखि नै नगद लाभांश वितरण गरिरहेको छ । ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ५२ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।
ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ३८ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा नै १० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ।
उक्त लाभांश वितरण पश्चात् समेत आ.व. २०७८/०७९ को तेश्रो त्रैमासको अन्त्यमा “एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य १४.०५रुपैयाँ “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” को खुद सम्पत्ति मूल्य १३.१६ रुपैयाँ तथा पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य १०.८९ रुपैयाँ कायम गरेको छ ।
तेश्रो बन्दमुखी योजना एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डको बाँडफाँड भएको पहिलो नौ महिनामा खुद सम्पत्ति मूल्य ९.९९ रुपैयाँ कायम रहेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया