महालक्ष्मी लाईफ इन्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम सम्पन्न

0
Shares

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौमा सम्पन्न गरेको छ ।

होटल यात्री ठमेल काठमाण्डौमा बैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठिमा देशै भरीका १५ जना क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

बैशाख ६ गते सञ्चालित कार्यक्रममा कम्पनीको बर्तमान व्यवसायीक स्थिति, पूँजी वृद्धि पछिको व्यवसायिक रणनीति र २०७८र७९ को व्यवसायिक लक्ष्य विषयमा छलफल भएको थियो । उक्त दिनको कार्यक्रममा १५ वटै प्रमुख, उप प्रमुखहरुले आ-आफ्नो क्षेत्रको व्यवसायिक अवस्था र २०७९ आषाढ सम्मको लक्ष्य विषयमा विस्तृत प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा सहभागिहरुको क्षमता अभिवृद्धिको लागि प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृतद्धय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा चिफ मार्केटिङ अधिकृत प्रशान्तराज धमलाले छुट्टा छुट्टै विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

त्यसै गरी बैशाख ७ गते सञ्चालित कार्यक्रममा सहभागिहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरिएको थियो । नेपालमा कुन कुन अपराधिक क्रियाकलापबाट गैरकानुनी रुपमा रकम आर्जन गरिन्छ, त्यसलाई वित्तिय क्षेत्रको विभिन्न निकाय मार्फत कसरी शुद्धीकरण गरिन्छ, यस्को रोकथामको उपायहरु र रिपोर्टिङ गर्ने तरिका बारेमा विस्तृत तालिम प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवरणको महत्व बारेमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रकाश पारेका थिए । त्यसैगरी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार  ०९ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।