प्रि-ओपनिङ्ग हरियाली, नेप्से साढे ६ अंकले बढ्यो

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ६.५६ अंकले बढेर हरियाली छाएको छ ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १६ कम्पनी मध्ये १३ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।

यस अवधिमा १६ कम्पनी ७१६ कित्ता सेयर ४ लाख ९९ हजार ८८० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज १६ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ । कुनैपनि कम्पनीको मूल्य स्थीर रहेको छैन ।

नेप्से ६.५६ अंकले बढेसँगै सूचक २ हजार ३२७ दशमलव ०८ बिन्दुमा पुगेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।