पहेँलो धातु सुनको भाउ नेपाली बजारमा शुक्रबार स्थीर रहेको छ । बिहीबार कारोबार भएकै भाउ शुक्रबारका लागि पनि निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको १ लाख ९०० रुपैयाँ, र तेजावी सुनको १ लाख ४०० रुपैयाँमा निर्धारण गरिएको हाे ।
बिहीबार सुन तोलामा ३०० रुपैयाँले बढेर आजकै भाउमा कारोबार भएको थियो ।
सुनको भाउ स्थीर रहेपनि आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदीको भाउ २० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कारोबार भैरहेको छ । हिजो बिहीबार तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९५१ र चाँदी प्रतिऔंस २४ दशमलव ५३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया