भारतीय जीवन बीमा निगमको भ्यालुएसन घटेपछि आईपीओको मूल्य घट्ने

0
Shares

भारतीय जीवन बीमा निगमको भ्यालुएशनमा कमी आएपछि अपेक्षाकृत सेयर मूल्य करिब आधाले घटेको छ ।

प्रारम्भिक चरणमा भारत जीवन बीमा निगमको भ्यालुएसन १७० खर्ब भारु हुने आँकलन गरिएको थियो । तर मूल्याङ्कन पछि निगमको भ्यालुएसन ६० खर्ब भारु हुन जाँदा सोही अनुपातमा सार्वजनिक निष्कासन (आइपीओ) बाट उठ्ने सेयर मूल्य पनि घटेको हो ।

जीवन बीमा निगमको भ्यालुएसनमा कमी आएपछि ६ अर्ब डलर अपेक्षा गरिएको सेयर मूल्य ३.९ अर्ब डलरमा कायम भएको छ ।

भारतीय धितो तथा विनिमय बोर्ड (सेबी) बाट निगमले फागुनको अन्तिम सातामा सार्वजनिक निष्कासन गर्ने अनुमति गर्ने पाएको थियो । यो आईपीओलाई विश्वव्यापी रुपमै साउदीको तेल उत्पादक कम्पनी अरामको र चिनियाँ इ–कमर्स प्लेटफर्म कम्पनी अलिबाबाले निष्कासन गरेपछिको तेस्रो ठूलो आईपीओ मानिएको थियो ।

थप समाचारहरू:-

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार  १६ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।