एभरेष्ट इन्स्योरेन्सको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने

0
Shares

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड (EIC) को प्रस्तावित चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर पाउन आइतबारसम्म सेयरधनी बन्नेपर्ने देखिएको छ ।

कम्पनीले बैशाख २१ गते आह्वान गरेको २७ औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ २०७९ साल वैशाख १२ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।

बुकक्लोज अनुसार वैशाख ११ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र लाभा।श पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

इन्स्योरेन्सको चैत २४ गते बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले वैशाख २१ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा बोलाउने निर्णय गरेको थियो ।

उक्त सभाले सञ्चालक समितिले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३७ लाख ३७ हजार ६९८ रुपैयाँ नगद लाभांश अनुमोदन गर्नेछ ।

यस्तै कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ३ अर्ब पुर्याउने, एभरेष्ट इन्स्योरेन्स र अन्य निर्जिवन बीमा कम्पनीसँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धी सञ्चालक समितिलाई अख्तियारी पनि दिनेछ ।

सभा मार्फत संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीतर्फबाट २ जना सञ्चालकको निर्वाचन हुनेछ ।

यसका अलवा आव २०७७।०७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार  ०८ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।