त्रिभुवन विमानस्थलबाट बेवारिसे अवस्थामा १० हजार ८०० डलर बरामद

0
Shares

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे अवस्थामा रहेको अमेरिकी डलर बरामद गरेको छ ।

प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १० हजार ८०० अमेरिकी डलर शनिबार साँझ बरामद गरेको हो ।

बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौँ अवतरण भएको विमानको सिटमा छालाको हाते ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बरामद डलर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार  १८ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।