गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश अनुमोदन

0
Shares

गरिमा क्यापिटल लिमिटेडको बैशाख ९ गते शुक्रबार पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ काठमाण्डौंमा सम्पन्न भएको छैटौं वार्षिक साधारण सभाले १५.६५ प्रतिशत लाभांश अनुमोदन गरेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ असार मसान्तमा कायम चुक्ता पूँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने १ करोड ८४ लाख ८३ हजार ८९५ रुपैयाँ ९३ पैसा नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न स्वीकृति प्रदान गरेको हो ।

सभाले आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु उपर छलफल गरी पारित गरेको छ ।

छैटौं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गरेको छ । सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेगरी दिपक पाण्डेय, रमा कान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठ निर्वाचित भएका छन् । साधारण सभा लगत्तै बसेको सञ्चालक समितिको बैठकबाट दिपक पाण्डेयलाई अध्यक्ष पदमा मनोनयन गरेको छ ।

शुक्रबार सम्पन्न सभाले कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरीको रुपमा समेत कार्य गर्नको निमित्त कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप÷संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

यस्तै गरिमा क्यापिटल लिमिटेड वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्ता रकम वृद्धि गर्ने, प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न अख्तियारी प्रदान गरेको क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार  १० : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।