सेयर बजार सूचक नेप्सेमा बुधबार सुधार, कारोबारमा अरुण भ्याली हाइड्रोपावर अब्बल

0
Shares

सोमबार र मंगलबारको ५० अंक गिरावटपछि बुधबार सेयर बजारमा झिनै अंक बढेर भएपनि हरियाली छाएको छ । बुधबार सूचक नेप्से ५.१७ अंकले बढेर २३७६.१७ बिन्दुमा पुगेको छ ।

सूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनमा ४ करोड बढेर १ अर्ब ९ करोड रुपैयाँको मात्र सेयर खरीद बिक्री भएको छ । यस दिन २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता सेयर एक अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये ९ वटा समूहमा हरियाली देखिएको छ ।चार सूचक घटेका छन् । विकास बैंक र होटल सूचकमा १ प्रतिशतभन्दा अधिक वृद्धि आएको छ ।

आज जाल्पा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयरमूल्य बढेर जाल्पाको सेयर प्रतिकित्ता १०३८ रुपैयाँ पुगेको छ ।

हालसम्म कम्पनीको सेयर २९ कारोबार दिन लगातार बढेको छ । यस्तै नेपाल फाइनान्सको ६.८२, राधीविदूत ५.५४, र ङादी ग्रुप पावरको ४.६५ प्रतिशतले सेयरमूल्य बढेको छ । यसदिन सानिमा इक्वीटी फण्ड, सानिमा लार्ज क्याप फण्ड, माउन्टेन इनर्जी नेपाल र मुहली लघुवित्तको सेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

अरुण भ्याली हाइड्रोपावर कारोबार रकममा अग्रस्थानमा छ । कम्पनीको ५ करोड २१ लाख रुपैयाँ बराबरको १ लाख २४ हजार बढी कित्ता सेयर खरीद बिक्री भएको छ । दोस्रो स्थानमा रहेको हिमालयन डिष्टिलरीको ३.८० करोड, नेपाल फाइनान्सको ३ करोड ३६ लाख, र नबिल बै.कको ३ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार  १५ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।