शिखर इन्स्योरेन्सको ७७ हजार ७२० कित्ता सेयर लिलामीमा

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) को ७७ हजार ७२० कित्ता हकप्रद सेयरेको लिलामी विक्री खुला भएको छ ।

कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म चुक्तापूँजी १ अर्ब ७५ करोडको ३० प्रतिशत अर्थात ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेकोमा बिक्री हुन नसकेको सर्वसाधारण तर्फको सेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।

लिलामीको सेयर खरीदका लागि वैशाख २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । सेयरको मूल्य प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गनु पर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि तोकिएको सीमाको अधिनमा रही अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्रको छानविन गरी सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट गरिने भनाई कम्पनीको छ ।

इच्छुक खरीदकर्ताहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिक चोक बुटवल, आदर्श नगर बीरगंज र गोल्छाचोक विराटनगरका साथै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नारायणगढ, हेटौडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।

हकप्रद सेयर बिक्री पश्चात कम्पनीको पूँजी २ अर्ब २८ करोड पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार  १० : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।