मल्टीपर्पस फाइनान्सको खुद नाफा ८३.३९ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्ष २०७८।७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले ५ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा फाइनान्सले ३० लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी भने ७१.७२ प्रतिशतले बढेर १ करोड ६३ लाख ३९ हजार रुपैयाँ पुगेको छ । फाइनान्सको सञ्चालन नाफा ४३ करोड ६२ लाख रुपैयाँबाट ८६.७७ प्रतिशत घटेर ५ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ ।
फाइनान्सको जगेडा कोषमा ४ करोड ९ लाख, सेयरधनी कोषमा ५५ लाख सञ्चित छ । यस्तै खराब कर्जा अनुपात १.७६ प्रतिशत, वार्षिक प्रतिसेयर आम्दानी १५ पैसा र प्रतिसेयर नेटवर्थ १२४.७६ रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया