पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले ८० करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन ( आईपीओ) गर्ने भएको छ ।
कम्पनीले पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको अनुमति माग्दै आवेदन दिएको छ । कम्पनीले २०७९ बैशाख १२ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणको लागि गरी कुल ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता सेयर बिक्री गर्ने अनुमति मागेको हो ।
कम्पनीको गत मंसिर २३ गते सम्पन्न साधारण सभाले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले लमजुङ्ग जिल्लामा सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ ५४ मेगावाट निर्माण गरीरहेको छ । साढे ८ अर्ब रुपैयाँ लगानीको निर्माण हुने नविल बैंकको अगुवाईमा एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी संचय कोष, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड लगायत १० वित्तीय संस्थाले करिब ६ अर्ब रुपैयाँ आयोजनामा लगानी गरेका छन् ।
पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६४ साल असोज २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा।लि।को रुपमा दर्ता भई मिति २०७५ फाल्गुण १५ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो ।
कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दि गाउँपालिका (तत्कालीन ढोडेनीे।फलेनी गाविस) मा बहने दोर्दी खोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ७०५ सम्पन्न भएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया