सुनको भाउ एकैदिन तोलामा १ हजार ४०० रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि

0
Shares


नेपाली बजारमा बैशाख २२ गते बिहीबार पहेँलो धातु सुनको भाउ एकैदिन तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । अघिल्लो दिन स्थीर रहेको सुनको भाउमा बिहीबार उच्च वृद्धि आएको हो । बैशाख १८ गतेदेखि सुनको भाउ ओरालो लाग्दै आइरहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ १ हजार ४०० रुपैयाँले बढेर तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुनको मूल्य पनि पनि बढेर ९८ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ ।

सुन भाउसँगै आज चाँदीको भाउ पनि बढेको छ । बिहीबार चाँदी तोलाको १५ रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँमा नै कारोबार भैरहेको छ ।

बुधबार सुनचाँदी दुबैको भाउ स्थरि रहँदै छापावाल सुन तोलाको ९७ हजार २०० रुपैयाँ, तेजावी सुनको ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको तोलाको १ हजार २९० रुपैयाँमा नै कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९०२ र चाँदी प्रतिऔंस २३ दशमलव १२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ बैशाख २०७९, बिहिबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।