
एभरेष्ट बैंक लिमिटेड (EBL) को ऋणपत्र बैशाख २२ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकले ८ दशमलव ५० प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ८ वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ को ८ लाख ५६ हजार ७८३ कित्ता कित्ता ऋणपत्र जारी गरेको थियो ।
एभरेष्ट बैंकले माघ ३ गतेदेखि १७ गतेसम्म कुल दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता निष्काशन गरेको भएपनि ८ करोड ५६ लाख रुपैयाँ बराबरको मात्र बिक्री भएको हो ।
बैंकको ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित जनाउँछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया