दक्षिण एसियाली मुलुक श्रीलङ्कामा विदेशी मुद्रा सङ्कट बढ्दै गएकाले डिजेलको अभाव भएको ऊर्जामन्त्री कञ्चना विजेसेकेराले बिहीबार बताएका छन ।
देशलाई दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने पनि मन्त्रीले संसद्मा जानकारी दिए । तर सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले अहिले दैनिक १ हजारदेखि १ हजार ५ सय मेट्रिक टन मात्रै निकासी गरिरहेको छ ।
अहिले मुलुकमा पेट्रोलको अभाव नभएको भन्दै दैनिक तीन हजार मेट्रिक टन पेट्रोल निस्कने गरेको र बुधबार राति ४० हजार मेट्रिक टन पेट्रोल बोकेको जहाज श्रीलङ्का आइपुगेको उनले बताए ।
श्रीलङ्काले फेब्रुअरीदेखि डिजेल अभावको सामना गरिरहेको छ जसले गर्दा दैनिक घण्टौँसम्म बिजुली कटौती हुने गरेको छ। अर्थमन्त्री अली साब्रीले बुधबार श्रीलङ्कासँग प्रयोगयोग्य विदेशी सञ्चितिमा ५ करोड अमेरिकी डलरभन्दा कम रहेको बताएका छन ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया