आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओमा कोटा

0
Shares

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ महिनाभित्रै आईपीओमा कोटा दिने व्यवस्था गर्ने भएको छ ।

जसका लागि सरकारले टास्कफोर्स बनाएर तयार पारेकोे प्रतिवेदन मन्त्रिपरिषदबाट पारित भएपश्चात कार्यविधि बनाएर कार्यान्वयनमा आउने बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पूँजीबजार सम्मेलनमा हमालले यस्तो प्रक्रिया दुई महिनाभित्र पुरा हुने बताए । आगामी आर्थिक वर्षको सुरुवातबाटै यो व्यवस्था लागू गर्ने बोर्डको तयारी छ ।

साथै बोर्डले बुकबिल्डिङमा प्रक्रियालाई अत्याधिक पारदर्शी बनाउन लागिएको पनि जानकारी दिए । रियल सेक्टरका कम्पनीहरुलाई पूँजीबजारमा समावेश गराउने प्रक्रिया तथा मूल्यांकन एकदमै पारदर्शी बनाउनका लागि बोर्ड कटिवद्ध रहेको उनको भनाई छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।