जेठबाट आइतबार सेयर बजार बन्द रहने शुक्रबार खुल्ने

0
Shares

आगामी जेठबाट आइतबार सेयर कारोबार बन्द हुने भएको छ । सरकारले जेठदेखि आइतबार पनि सार्वजनिक विदा दिने भएपछि आइतबार सेयर बजार बन्द रहने भएको हो ।

आइतबार सेयर बजार बन्द हुने भएपछि जेठबाट नै शुक्रबार पनि सेयर कारोबार खुला गरिने भएको छ । पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिएको छ ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्क पूँजीबजार सम्मेलन कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिइसकेको बताए ।

सरकारले इन्धन खपत घटाउन जेठदेखि परीक्षण स्वरुप शनिबारका साथै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि धितोपत्र बजार कति दिन संचालन हुने भन्ने अन्योलता रहेको थियो ।

बोर्डको निर्देशनपछि जेठबाट पनि शेयर बजार सातामा पाँच दिन खुला रहनेछ । अहिले शुक्रबार र शनिबारबाहेक सातामा पाँच दिन सञ्चालन भइरहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार  ११ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।