कम्पनी रजिष्ट्रारको कार्यालयले बन्द गर्यो अत्यावश्यक बाहेकका सेवा

0
Shares

कम्पनी रजिष्ट्रारको कार्यालयले शुक्रबारदेखि अतिआवश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

बैशाख ३० गते हुने गइरहेको स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको कारण देखाउँदै कार्यालयले निर्वाचन सम्पन्न नहुँदासम्मका लागि अतिआवश्यक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो ।

कार्यालयका उपरजिष्ट्रार तथा सूचना अधिकारी अच्युत ढुङ्गानाले निर्वाचनपश्चात् मात्र सेवा सुचारु गर्ने गरी आजदेखि कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी अत्यावश्यक परेकाबाहेक अन्य कार्य बन्द गरिएको जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार  १७ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।