निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा सरकारले २० लाख रुपैयाँ दिने

0
Shares

सरकारले स्थानीय तहको निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएको खण्डमा क्षतिपूर्तिबापत २० लाख दिने भएको छ ।

बैशाख २५ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरी सहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।

स्थानीय तह निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) को मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध हुनेछ ।

निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीका परिवारलाई पनि सो सुविधा दिने निर्णय बैठकले गरेको छ । बैठकले निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएमा उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह रासन भत्ता दिने निर्णय गरिएको छ । सुरक्षाकर्मीलाई भत्ता र आश्रित परिवारलाई क्षतिपूर्ति दिन गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा ७१ हजार नेपाली सेना, ६२ हजार नेपाल प्रहरी, ३ हजार गुप्तचर र १ लाख म्यादी प्रहरी खटिँदैछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २५ बैशाख २०७९, आइतबार  १३ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।