ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १७ प्रतिशतले बढ्यो, साढे २ अर्ब खुद बीमाशुल्क संकलन

0
Shares

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (JLI) ले चालु आवको तेस्रो त्रैमासिक अवधीसम्ममा २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

गत आवको यसै अवधिमा २ अर्ब २१ करोड ९ लाख ७७ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेकोमा १२.७९ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफको खुद नाफा ७१ प्रतिशतले बढेको छ ।

कम्पनीले चैत मसान्तसम्म २० करोड ६५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालु आवको ९ महिना अवधिमा २८ करोड ५९ लाख १३ हजार आम्दानी गरेको कम्पनीले ७ करोड ९४ लाख ४ हजार रुपैयाँ खर्च गरेको हो ।

अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको जीवन बीमा कोषको आकार ६२ प्रतिशतले बढेर ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत आवको नाफाबाट १० प्रतिशत बोनस वितरण गरेको कम्पनीको जगेडा कोष ५.६० प्रतिशतले घटेर ५६ करोड ६८ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी २ अर्ब २२ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको चैत मसान्तसम्म आइपुग्दा वार्षिक प्रतिसेयर आम्दानी ४.०६ रुपैयाँ बढेर ११.३८ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२७.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.६७ गुणा छ ।

कम्पनीले यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट ३३ करोड ३ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै कम्पनीले ७१ करोड ८७ लाख रुपैयाँ १८ हजार रुपैयाँ बीमालेख धितोमा लगानी गरी २ करोड ६७ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले ९३३ वटा दाबी बापत २६ करोड ४६ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ भने ९९ वटा दाबी बापत ४ करोड ८५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । चैतसम्म कम्पनीले २१ हजार ५६६ वटा बीमालेख जारी गरेको छ भने २ अर्ब ६३ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ बैशाख २०७९, आइतबार  १५ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।