सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार हुँदै, चाँदीको भाउ स्थीर

0
Shares

पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा सोमबार तोलामा १०० रुपैयाँले बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा सोमबार सुनको भाउ १०० रुपैयाँले बढेर प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि १०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँमा पुगेको छ । चाँदीको भाउ भने स्थीर छ । सोमबार पनि हिजोकै भाउ अर्थात १ हजार ३८५ रुपैयाँमा कारोबार भएको छ ।

नेपाली बजारमा आइतबार छापावाल सुन तोलाको ६०० रुपैयाँले बढेर ९८ हजार ६०० रुपैयाँ र तेजावी सुन ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेर १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८७३ र चाँदी प्रतिऔंस २२ दशमलव २४ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।