
जापानमको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । यस्तै ताइवानको तटीय क्षेत्रमा पनि सोमबार ६.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले जनाए अनुसार स्थानीय समय अनुसार बिहान ११.५३ बजे भूकम्प गएको हो । भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाई छ ।
जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ ।
यसैगरी ताइवानको तटीय क्षेत्रमा सोमबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।
राजधानी ताइपेईका भवनहरु र टापुभरि कम्पन महसूस गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । यद्यपि क्षतिको तत्काल कुनै समाचार प्राप्त नभएको जनाइएको छ । ताइवान र वरपरका क्षेत्रहरुमा नियमित रुपमा भूकम्पको चपेटामा पर्ने गरेको पाइन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया