सातामा २ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

0
Shares

जेठ १ गतेदेखि लागू हुने गरी सातामा दुई दिन विदा दिने मन्त्रिपरिषद्को बैठकको निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

सूचना अनुसार सरकारले लगातार दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने व्यवस्था मिलाउने भएको छ । सरकारले लगातार तेस्रो दिन पनि सार्वजनिक विदा हुने अवस्थामा विभिन्न सरकारी निकाय अस्पतालहरुको सेवा सञ्चालन गर्ने व्यवस्था गर्ने गरी राजत्रपमा सूचना प्रकाशित गरेको छ ।

सरकारले प्रकाशित गरेको राजपत्रले सेवाग्राहीको चाप हुने सरकारी निकायहरुलाई शनिबार र आइतबार लगत्तैको दिनहरुमा अरु विदा परेमा सेवा सञ्चालन गरिराख्ने गरी व्यवस्था गरिने उल्लेख छ ।

सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय आज मंगलबार राजपत्रमा प्रकाशित भएको हो ।

नयाँ बिदा तालिका लागू भएसँगै अब जेठ १ गते सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय दैनिक ८ घण्टा हुनेछ । बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय समय कायम रहनेछ ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म भने दैनिक ७ घण्टा मात्र हुनेछ । उक्त समयमा बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म कार्यालय समय निर्धारण गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा विसं २०५६ साउन १ गतेबाट नेपालमा दुई दिन सार्वजनिक बिदाको अभ्यास सुरु गरिएको थियो। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा २०५९ सालबाट यो प्रचलन हटाएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ बैशाख २०७९, मंगलबार  १८ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।