शिवम् सिमेन्ट्सको नाफा ४०% घट्यो, ९ महिनामा साढे ६५ करोड नाफा आर्जन

0
Shares

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले चालु आर्थिक वर्ष २०७८।७९ को तेस्रो त्रैमाससम्म ६५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा ३९.९३ प्रतिशत घटेको हो ।

कम्पनीको आम्दानी घटेर खर्च बढेसँगै खुद नाफा घट्न पुगेको हो ।

खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १३.१९ रुपैयाँ घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी घटेर १९.८४ रुपैयाँमा सुंकुचित भएको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०८.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.८९ गुणा छ ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी पनि १.३८ प्रतिशत घटेर ७ अर्ब २५ करोड ३३ लाख ९२ हजार रुपैयाँमा झरेको छ । कुल आम्दानी पनि १.४० प्रतिशत घटेर ७ अर्ब २९ करोड ९ लाख १६ हजार रुपैयाँ रहेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कुल खर्च ६.९४ प्रतिशत बढेको छ । गत आवको यसै अवधिमा ६ अर्ब ९ करोड ३१ लाख २६ हजार रहेको कम्पनीको कुल खर्च ६ अर्ब ५१ करोड ६० लाख १७ हजार रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ बैशाख २०७९, बुधबार  १० : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।