ब्याजदर जेठमा पनि नबढ्ने, राष्ट्र बैंकले बढाए सोही समयमा बैंकर्स संघले समीक्षा गर्ने

0
Shares

बैंकहरुले आगामी महिनामा ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघले नै ब्याजदर बढाएर निक्षेपमा नबढाउने भन्दै जेठ महिनामा पनि ब्याजदर नबढाउने सहमति गरेको हो ।

नेपाल बैंकर्स संघले जेठ महिनाका लागि पनि ब्याजदर नबढाउदै उपयुक्त हुने प्रस्ताव गरेको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।

“संघले गरेको प्रस्तावमा बैंकहरु सहमत भएका छन्,” उनले भने, “ब्याजदर बढायो भने पनि निक्षेप नबढ्ने भएकाले संघले गरेको प्रस्तावमा बैंकरहरु सहमत भएका हुन् ।”

बैंकहरुका नयाँ निक्षेप नआएकाले कर्जा बढ्ने अवस्था पनि नभएको भन्दै उनले सबैको हीतका लागि ब्याजदर यथावत नै रखिएको बताए ।

कर्जा लगानी गर्नका लागि नयाँ निक्षेप आवश्यक भएपनि ब्याजदर वृद्धि गर्दा त्यसलाई सम्बोधन हुन नदेखिएपछि जेठ महिनामा पनि नबढाउने सहमति भएको हो । पछिल्लो समयमा अन्तर्राष्ट्रिय रुपमा केन्द्रीय बैंकहरुले ब्याजदर बढाएका छन् । मूल्य वृद्धि नियन्त्रण लागि बलियो अर्थतन्त्र भएका देशका केन्द्रीय बैंकहरुले पनि ब्याजदर बढाएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नरले पनि सार्वजनिक रुपमा ब्याजदर बढ्ने बताउँदै आएका छन् । नेपाल राष्ट्र बैंकले बैंकदर बढाउने सम्भावन भएपनि बैंकहरुले राष्ट्र बैंकले निर्णय नगर्दासम्मका लागि ब्याजदर नबढाउने सहमति गरिसकेका छन् । नेपाल राष्ट्र बैंकले ब्याजदर बढाएको खण्डमा बैंकर्स संघले पनि केन्द्रीय बैंकको निर्णय लगत्तै त्यसमा छलफल गरेर आवश्यक निर्णय लिने गरी अहिले ब्याजदर यथावत राख्ने सहमती भएको शर्माले बताए ।

बैंक वित्तिय संस्थाले गत चैतदेखि ब्याजदरलाई भद्र सहमति गरेर स्थीर राख्दै आएका छन् । बैंकहरुले गत फागुनदेखि नै निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशत कायम गरेका छन् । त्यसैगरी विकास बैंकहरुले ११.५५ र फाइनान्स कम्पनीले ११.७१ कायम नै राखेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ बैशाख २०७९, बुधबार  १३ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।