चालु आर्थिक वर्ष २०७८/७९ सुरु भए यताका ९ महिना अवधिमा नेपालको धितोपत्र बजारमा १ खर्ब ८२ अर्ब ७६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । यस अवधिमा पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले कुल १५ अर्ब ५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
चैत मसान्तसम्ममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५४ अर्ब ५० करोड बराबरको विकास ऋणपत्र, ४९ अर्ब १६ करोड बराबरको डिबेन्चर, ४७ अर्ब ९६ करोड बराबरको बोनस सेयर सूचीकृत भएको छ ।
यस्तै यस अवधिमा १८ अर्ब ९ करोड बराबरको साधारण सेयर, ९ अर्ब ३१ करोड बराबरको हकप्रद सेयर र ३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्डको इकाई सूचीकृत भएको छ।
आर्थिक वर्ष २०७८/७९ को साउनदेखि चैत मसान्तसम्मको ९ महिना अवधिसम्ममा कुल १ खर्ब ८२ अर्ब ७६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल १५ अर्ब ५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । यस अवधिमा ४ अर्ब ८० करोड बराबरको डिबेन्चर, ३ अर्ब ७९ करोड बराबरको साधारण सेयर, ३ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर र ३ अर्ब बराबरको म्युचुअल फण्डको इकाई सर्वसाधारणमा जारी गर्न अनुमति दिएको हो ।
वि.सं. २०७८ चैत मसान्तसम्ममा ६ अर्ब ६८ करोड कित्तासूचीकृत सेयरको चुक्ता मूल्य ६ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया