
नेपाल उद्योग वाणिज्य महासंघले आसन्न स्थानीय तहको निर्वाचनमा निजी क्षेत्रका उद्योग/प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक तथा कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
२०७९ वैशाख ३० गते, शुक्रबारका दिन सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि महासंघले सबै औद्योगिक क्षेत्रमा रहेका उद्योग, प्रतिष्ठान र तीनमा कार्यरत श्रमिकलाई उक्त दिन सार्वजनिक बिदा दिन भनेको हो ।
निर्वाचनलाई मध्यनजर गर्दै नेपाल सरकारले यसअघि नै बैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । निर्वाचन आयोगले निजी क्षेत्रका उद्योग/प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक/कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया