सुनको मूल्य आइतबार भारी गिरावट, एकैदिन १ हजार ३०० रुपैयाँले घट्यो

0
Shares

पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा बिहीबारको तुलनामा आइतबार तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बिहीबारको तुलनामा आइतबार सुनको भाउ १ हजार ३०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि १ हजार ३०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने १० रुपैयाँले घटेको छ । आइतबार चाँदी तोलाको १ हजार २४० रुपैयाँमा कारोबार भएको छ ।

नेपाली बजारमा बिहिबार छापावाल सुन तोलाको ९७ हजार ८०० रुपैयाँ र तेजावी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८११ र चाँदी प्रतिऔंस २१ दशमलव ११ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७९, आइतबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।