
पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा सोमबार स्थीर बनेको छ । आइतबार तोलामा १ हजार ३०० रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थीर बनेको हो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार अघिल्लो दिन सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार रुपैयाँ तोकिएको छ । बिहीबारको तुलनामा हिजो आइतबार सुनको भाउ १ हजार ३०० रुपैयाँले घटेर आजकै दररेटमा खरीद बिक्री भएको थियो ।
यस्तै चाँदीको भाउ पनि आज स्थीर रहेको छ । आज सोमबार चाँदी तोलाको १ हजार २४० रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार चाँदीको भाउ १० रुपैयाँले घटेर आजकै भाउमा खरीद बिक्री भएको थियो ।
नेपाली बजारमा सोमबार छापावाल सुन प्रति दशग्राम ८२ हजार ७३५ रुपैयाँ र चाँदीको भाउ प्रति दशग्राम १०६३ रुपैयाँ भाउ निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८०६ र चाँदी प्रतिऔंस २१ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया