एक सय चौध स्थानीय तहको मतपरिणाम आउँदा कांग्रेस अग्रस्थानमा, अन्य दलको अवस्था कस्तो ?

0
Shares

स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत हालसम्म ११४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । कुल ७५३ स्थानीय तहमध्ये हाललम्म ११४ स्थानको मतपरिणाम सार्वजनिक भएको हो ।

सोमबार मध्यान्न १२ बजेसम्ममा नेपाली कांग्रेसले पार्टीले सबैभन्दा धेरै ४६ वटा स्थानीय तहको प्रमुख पदमा विजयी हासिल गरेको छ । यस्तै ४८ स्थानीय तहको उपप्रमुख पदमा सो पार्टीले जित हात पारेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकाले अहिलेसम्म २५५ स्थानीय तहमा प्रमुख र २९७ स्थानीय तहको उपप्रमुख पदमा अग्रता लिइरहेको छ ।

सार्वजनिक मतपरिणाम अनुसार दोस्रो ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ४२ स्थानीय तहको प्रमुख पदमा विजय प्राप्त गरेको छ । सो पार्टीले ३६ स्थानीय तहमा उपप्रमुख तहमा जित हासिल गरेको छ । अहिलेसम्म नेकपा एमालेले १६३ स्थानीय तहको प्रमुख पदमा र १८७ स्थानीय तहको उपप्रमुख पदमा एमालेको अग्रता छ ।

मतपरिणाम अनुसार नेकपा (माओवादी केन्द्र) ले २४ स्थानमा प्रमुख पदमा विजय प्राप्त गर्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले २ स्थानीय तहमा प्रमुख जितेको छ । यस्तै माकेले १९ स्थानीय तहको उपप्रमुख र एसले पाँच स्थानीय तहमा उपप्रमख पदमा विजय हात पारेको छ ।

नेकपा (माओवादी केन्द्र) ले ९८ स्थानीय तहमा प्रमुख तथा ११७ स्थानीय तहमा उपप्रमुख पदमा अग्रगत कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले १६ स्थानीय तहको प्रमुख तथा १५ स्थानीय तहमा उपप्रमुख तहमा अग्रता लिइरहेको छ ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालले हालसम्म २ स्थानीय तहको उपप्रमुख पदमा विजय हासिँल गरेको छ । अहिलेसम्म जसपाले ३३ स्थानीय तहको प्रमुख पदमा र ३७ स्थानीय तहको उपप्रमुख पदमा अग्रता कायम गरिरहेको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले हालसम्म कुनैपनि स्थानको प्रमुख तथा उपप्रमुख पदमा विपय हासिल गर्न सकेको छैन । सो पार्टीले १४ स्थानीय तहमा प्रमुख तथा ११ स्थानीय तहको उपप्रमुख पदमा अग्रता लिइरहेको अवस्था छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७९, सोमबार  १२ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।