बालेनले १० हजार बढी मत कटाए, एमाले र कांग्रेस उम्मेदवारले पाएकाेभन्दा ५२ मतले अग्रता

0
Shares

स्थानीय चुनावमा देशभरीको ध्यान तानिएको काठमाण्डौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बोलेन्द्र शाह (बालेन) ले दश हजार बढी मत ल्याएका छन् । बिहान साढे ९ बजेसम्म बालेनले १० हजार ३५९ मत प्राप्त गरेका छन् ।

काठमाण्डौंको मेयरमा उम्मेदवारी दिएका नेकपा एमालेका केशव स्थापित र नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले पाएको मत जोड्दा पनि बालेनलाई भेट्न सकेका छैनन् । दुई ठूला दलहरु नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले पाएको मतभन्दा बालेनदे पाएको मत संख्या ५२ मत बढी छ ।

अहिलेसम्म प्राप्त मतअनुसार बालेनले कुल १० हजार ३५९ मतसहित अग्रता कायम गरिरहेका छन् । उनले नेकपा एमालेका केशव स्थापितलाई ४ हजार ८४४ मतले पछि छाड्दै मतान्तर बढाईरहेका छन् । केशव स्थापितले कुल ५ हजार ५१५ मत मात्र पाएका छन् ।
यस्तै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहपत्नी सिर्जना श्रेष्ठले पनि कुल ४ हजार ७९२ मत मात्र पाएकी छिन् । उनले पाएको मतभन्दा बालेनले ५ हजार ५६७ बढी मत ल्याएका छन् । स्थापित र श्रेष्ठले पाएको मतलाई जोड्दा १० हजार ३०७ मत मात्र हुन आउँछ, जबकी बालेनले १० हजार ३५९ मत ल्याएका छन् ।

मतगणना नतिजाले प्रमुख राजनितिक दलहरुको अस्तित्वमा प्रश्न चिन्ह खडा गराएको छ । दशौंदेखि संगठन विस्तार गरेका दुई राजनैतिक दलका उम्मेदवारले पाएको मतभन्दा एक स्वतन्त्र व्यक्तिले पाएको मत अग्रताबाटै यसको पुष्टि हुन्छ । राजनितिको नाम नै लिन नचाहने पुस्ता पनि बोलनका लागि मतदान गर्न मतदान केन्द्र पुगेको दृष्यको नतिजा अहिले मत गणनामा देखिएको छ ।

अहिलेसम्म प्राप्त मतअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर उम्मेदवार मदनदास श्रेष्ठले ८४५ मत, स्वतन्त्र सुमन सायमीले ६११ मत र विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले १०७ मत प्राप्त गरेकी छिन् ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उपमेयरको उम्मेदवार सुनिता डंगोल ९ हजार ४१९ मतका साथ अग्रस्थानमा रहेकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का रामेश्वर श्रेष्ठलाई ६ हजार ८४४ मतान्तरले लिड गरिरहेकी छिन् । श्रेष्ठले २ हजार ५७५ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपमेयरमा लडेकी तेस्रो स्थानमा रहेकी मेयरको उम्मेदवार बिनिता मगैयाले २ हजार ४ मत पाएकीछिन् भने विवेकशील साझा पार्टीकी कृति कंसाकरले ४०४ मत प्राप्त गरेकी छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलबार  ०९ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।