.png)
सुनको मूल्य नेपाली बजारमा सोमबारको तुलनामा मंगलबार तोलामा २०० रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सोमबारको तुलनामा मंगलबार सुनको भाउ २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुनको भाउ पनि २०० रुपैयाँले बढेर ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने २० रुपैयाँले बढेको छ । मंगलबार चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको छ ।
नेपाली बजारमा सोमबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँ र तेजावी सुन ९६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८२५ र चाँदी प्रतिऔंस २१ दशमलव ६१ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया