
धादिङको रुबीभ्याली गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामसिंह तामाङले दुई हजार ७९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोम्बा घलेले दुई हजार ५९७ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फेलामा तामाङले दुई हजार ९०३ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार १३२ मत प्राप्त गरे । थोरै मतदाता भएका कारण छिटो मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रुवी भ्याली गाउँपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका पम्बर तामाङ ३५२ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका चुम थापा तामाङले २९० प्राप्त गरे ।
यसैगरी वडा नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का रुपा घले २७४ मत सहित निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर तामाङले १४४ प्राप्त गरे ।
रुवी भ्याली गाउँपालिकाको वडा नम्बर ३ मा जनता समाजवादी पार्टी, नेपालका फेदोजे तामाङ ५०३ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का रिक मान तामाङले ३८७ प्राप्त गरे ।
यस्तै वडा नम्बर ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रशान्त तामाङ ५०४ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विपिन तामाङले ३५५ प्राप्त गरे ।
गाउँपालीकाको वडा नम्बर ५ मा नेपाली काँग्रेसका रम्वा तामाङ ९९१ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राम बहादुर तामाङले ४५१ प्राप्त गरे ।
गाउँपालिकाको वडा नम्बर ६ मा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का समिर गुरुङ ३१६ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका र नरमान गुरुङले ३११ प्राप्त गरे ।
रुवी भ्याली गाउँपालिका धादिङ जिल्लामा पर्दछ । यस गाउँपालिकामा कूल जनसंख्या १० हजार ४७२ रहेको छ भने कुल मतदाता संख्या ८ हजार ९५३ रहेको छ । जसमा ४ हजार ६१८ पुरुष र ४ हजार ३३५ महिला रहेका छन् । यस गाउँपालिकामा ६ वडा छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया