सेञ्चुरी कमर्सियल बैंक लिमिटेड ले बैशाख २१ गते बुधबारदेखि बिक्री खुला गरेको २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आजसम्म (जेठ ४ गते) मात्र आवेदन दिन पाइनेछ ।
ऋणपत्रमा लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदलन दिइसक्नुपर्ने बैंकको ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
बैंकको ऋणपत्रमा छिटो समयमा सबै ऋणपत्र खरीदका लागि माग नपरेपछि जेठ ४ गतेसम्म आवेदन दिने समय लम्बिएको थियो ।
ऋणपत्रमा मेरो सेयरको मोबाइल एप तथा सफ्टवेयरमार्फत अनलाइनबाट तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
ऋणपत्र खरीदका लागि न्यूनतम २५ इकाईको लागि २५ हजारदेखि देखि अधिकतम ८ लाख ७० हजार इकाईको लागि ८७ करोड रुपैयाँसम्म आवेदन दिन पाइनेछ ।
सेञ्चुरी बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरमा २ अर्ब २० करोड रुपैयाँ बराबरको कुल २२ लाख इकाइ ऋणपत्र जारी गरेको हो । दश वर्ष अवधिको ‘सेञ्चुरी डिबेन्चर २०८८’ मा बैंकले लगानीकर्तालाई बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।
बैंकले निष्कासन गरेको ऋणपत्रमध्ये ४० प्रतिशत बराबरको ८ लाख ८० हजार इकाई (म्युचुअल फण्डलाई छुट्याएको १० हजार कित्ता सहित) सर्वसाधारणका लागि खुला भएको हो । बाँकी रहेको ६० प्रतिशत अर्थात् १३ लाख २० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ ।
ऋणपत्र निष्काशन गर्न बैंकले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट चैत २९ गते अनुमति पाएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया