आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड

0
Shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड (IGI) को अवितरित हकप्रद सेयर बाँडफाँड सम्पन्न भएको छ ।

इन्स्योरेन्स कम्पनीले लिलामीमा ल्याएको सेयरमध्ये सर्वसाधारण तर्फको कटअफ मूल्य ४६५ रुपैयाँ र संस्थापकतर्फको लिलामी सेयरको कटअफ मूल्य १५१ रुपैयाँ कायम भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार कटअफ मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबुल गरेका लगानीकर्ताले सेयर पाएका छन् ।

कम्पनीले फागुन २२ गतेदेखि चैत १३ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो हकप्रदमा सर्वसाधारणतर्फको ८८ हजार ९३४ कित्ता र संस्थापकतर्फको २ हजार २६१ कित्ता सेयर अवितरित भएको थियो ।

सोही सेयर कम्पनीले बैशाख १२ गतेदेखि २१ गतेसम्म लिलामी प्रकृयाबाट बिक्रीमा ल्याएर तोकिएको अवधिभित्र प्राप्त बोलपत्र बैशाख २८ गतेका दिन विक्री प्रबन्धकको कार्यालय नक्साल, काठमाडौंमा खोली फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । जेठ ३ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सेयर बाँडफाँड गरेको हो ।

बोलपत्रवालाहरुको बाँडफाँडमा नपरेको वा आंशिक परी बाँकी सेयर वापतको रकम फिर्ता भुक्तानी जेठ ५ गते बिहीबारदेखि गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार  १४ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।