प्रि-ओपनिङ्गमा ८० हजारको मात्र सेयर कारोबार

0
Shares

यो साताको तेस्रो कारोबार दिन बिहीबार प्रि ओपनिङ्गमा ८० हजार ६८४ रुपैयाँको सेयर खरीद बिक्री भएको छ । ७ कम्पनीका ४१० कित्ता सेयर १४ वटा संख्यामा खरीद बिक्री हुँदा उक्त रकम बराबरको सेयर कारोबार भएको हो ।

साढे दश देखि पौने ११ बजेसम्म खुला रहने प्रि ओपनिङ्ग सेसनमा कारोबारमा आएका ७ मध्ये ६ वटै कम्पनीको सेयरमूल्य बढेको हो । तर बजार पूँजीकरण थोरै भएका र न्यून सेयरमूल्य बढ्दा नेप्सेमा भने सामान्य मात्र वृद्धि भएको छ ।

बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ०.३७ अंकले बढेको छ । नेप्से बढेसँगै सूचक २ हजार २७४ दशमलव ८० बिन्दुमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहिबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।