प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको २८ लाख रुपैयाँ बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुल छेउबाट पक्राउ गरेको हो ।
जैसीको साथबाट बरामद गरिएको ३४९ दशमलव ७०० ग्राम सुन हालको बजार मूल्यअनुसार २८ लाख ८७ हजार १८२ रकम बराबरको रहेको १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताए ।
पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया