नेपाल पर्यटन बोर्डले हालै ६४५ जनालाई पर्यटन व्यवसाय सम्बन्धी तालिम प्रदान गरेको छ ।
बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीका अनुसार सुदूरपश्चिममा ४३ महिलालाई गाइड तालिम प्रदान गरिएको जानकारी दिए ।
यस क्रममा बोर्डले नेपालगञ्ज, धनगढी र धरानमा पर्यटन मेला सम्पन्न गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा बोर्डका सदस्यद्वय मदन आचार्य र मिलन देवकोटाले नेपालको पर्यटन विदेशमा प्रवर्द्धन गर्न योगदान दिएका नरबहादुर टण्डनलाई सम्मान गरेका थिए ।
कार्यक्रममा बोर्डका निर्देशक हिक्मतसिंह ऐरले मुलुकको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न विभिन्न गतिविधि सञ्चालन गरिएकोबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
मुलुकमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यसको विकास गर्न आवश्यक पूर्वाधारको खाँचो रहेको उल्लेख गर्दै पर्यटकसँग पर्यटन सेवा शुल्क, पदयात्रा सूचना व्यवस्थापन प्रणालीको विकासका लागि निश्चित शुल्क लिने गरिएको उनले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया