योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने

0
Shares

सरकारले पूर्वतयारी नभएका तथा आयोजना बैंकमा प्रविष्ट भई राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै पुँजीगत खर्च वृद्धि गर्न र विकास आयोजना कार्यान्वयनमा सहजीकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापनसम्बन्धी छुट्टै कानुन तर्जुमा गरिने उल्लेख गरिन ।

रणनीति महत्वका ठूला आयोजनाबाहेक अन्य आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गरिने, सार्वजनिक खरिद कानुनमा सुधार तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग आबद्धता गरिने नीति कार्यक्रममा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १० जेष्ठ २०७९, मंगलबार  १६ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।