
सरकारले पूँजी बजारको विकास र विस्ताको लागि लगानीकर्तालाई उत्पादनशिल क्षेत्रमा लगानीको लागि प्रोत्साहन गर्ने जनाएको छ ।
राष्ट्रपति विधादेवी भण्डारीले आज ससद्मा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजी बजारका नियामकको क्षमता अभिवृद्धि गर्ने घोषणा समेत गर्नुभएको हो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूँजीबजारको विस्तार तथा विकास गर्नका लागि पूँजी बजार र बीमालाई उत्पादनसँग जोडिने उल्लेख गर्नुभएको हो ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले उत्पादनशिल क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि गर्ने पनि ल्याईने उल्लेख गर्नुभयो ।
सरकारले समग्र देशको क्रेडिट रेटिङ्ग गर्ने घोषणा समेत नीति तथा कार्यक्रम मार्फत गरिएको छ । “पूँजी बजारको विकास र विस्तारको लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गरिने छ । ” सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया