सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार हुँदै, चाँदीको भाउ १२७५ तोकियो

0
Shares

  • पहेँलो धातु सुनको मुल्य नेपाली बजारमा बुधबार २०० रुपयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार ७०० रुपैयाँ तोकिएको छ ।

आइतबारदेखि तोलाो ९८ हजारमा कारोबार हुँदै आइरहेको सुन बुधबार २०० तोलामा रुपैयाँले बढेको हो । आइतबार तोलामा ७०० रुपैयाँले बढेर कारोबार भएपछि सोमबार र मंगलबार पनि सोही भाउमा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदी तोलाको तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भैरहेको छ । गत शुक्रबारदेखि तोलाको १ हजार २७० मा कारोबार हुँदै आएको चाँदी बुधबार तोलामा ५ रुपैयाँले महङ्गिएको हो ।

नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ, तेजावी सुन ९७ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८६१ र चाँदी प्रतिऔंस २२.०३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।