एक करोड १० लाख बिगो कायम भएका फरार प्रतिवादी पक्राउ

0
Shares

बैंकिङ कसुर मुद्दामा एक करोड १० लाख बिगो कायम भई फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने सर्लाही हरिपुर नगरपालिका–१ ठेगाना भएका ३४ वर्षीय नरेन्द्रप्रकाश सुवेदीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त कसुरमा उच्च अदालत पाटन ललितपुरबाट २०७८ साल फागुन २० गते पक्राउ अनुमतिसमेत जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाइएको जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार  १९ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।