कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने,दैनिक तीन सिफ्टमा परीक्षा

0
Shares


वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियन भाषा परीक्षा यहि जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ ।

ईपीएस शाखाले कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा सञ्चालन गर्न लागेको हो । कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो ।

यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिन बाहेक अन्य दिन दैनिक तीन सिफ्टमा ६०० जनाको दरले परीक्षा दिनसक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७९, शनिबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।