आयकरको सीमा हेरफर, कति कमाउनेले कति तिनुपर्छ कर ?

0
Shares

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत आयकरको सीमा हेरफेर गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक ऐन २०७९ मार्फत् वार्षिक ५ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले १ प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरेका छन भने दम्पतीको हकमा भने वार्षिक ६ लाख रुपैयाँसम्म कमाउँदा १ प्रतिशत मात्रै कर लाग्नेछ ।

सरकारले एकल तफ एक लाख रुपैयाँ तथा दम्पत्तीको लागि ढेड लाख रुपैयाँ आय सीमा बढाएर कर निर्धारण गरेको हो। यसअघि चार लाख रुपैयाँसम्म आम्दानी गर्ने एकल व्यक्तिले १ प्रतिशत र दम्पतीले ४ लाख ५० हजार रुपैयाँसम्म कमाउँदा १ प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था थियो।

आयकरमा गरिएको संशोधन अनुसार एकल व्यक्तिले आम्दानी ५ लाख रुपैयाँभन्दा बढी र ७ लाख रुपैयाँभन्दा कम भए १० प्रतिशत कर लाग्नेछ । दम्पतीले भने ८ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत कर तिर्नुपर्छ ।

एकल व्यक्तिको आम्दानी ७ लाख रुपैयाँभन्दा बढी र १० लाख रुपैयाँभन्दा कम भएमा २० प्रतिशत आयकर तिर्नुपर्छ । दम्पतीले भने ११ लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत आयकर तिर्नुपर्छ ।

एकल व्यक्ति वा दम्पतीको आम्दानी १० लाख रुपैयाँभन्दा बढी २० लाख रुपैयाँभन्दा कम भएमा ३० प्रतिशत आयकर तिर्नुपर्नेछ । २० लाख रुपैयाँभन्दा बढी आम्दानी भएमा भने ३६ प्रतिशत आयकर लाग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आइतबार  २० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।