नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को सेयर कारोबार खुला भएको छ । एक वर्षअघिदेखि रोक्का रहेको बैंकको सेयर जेठ १६ गतेदेखि फुकुवा भएको हो । कारोबार खुल्ने बितिकै कम्पनीको सेयरमा नेगेटिभ सर्किट लागेको छ। 
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच मर्जर सम्बन्धी सम्झौता भएपछि २०७८ वैशाख ३१ गतेदेखि सेयर कारोबार रोक्का भएको थियो ।
दुई बैंकको मर्जर प्रक्रिया टुटेपछि इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खुलेको हो।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले बैंकको आधारभूत सेयरधनीहरु बाहेकका सेयरधनीको कारोबार आजदेखि खुलाइएको जानकारी गराएको छ । यससँगै लगानीकर्ताले बैंकको सेयर खरिद बिक्री गर्न पाउने भएका छन् ।
कारोबार खुलेसँगै बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३६७.७० रुपैयाँमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४०.७९ रुपैयाँले कम हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम गत वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंकको सेयर कारोबार रोक्का गरिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया