बजेटले निजी उद्योगलाई प्रोत्साहन एवं संरक्षण गरेको छ, औद्योगिक विकासमा टेवा पुग्छ: आरती स्ट्रीप्स

0
Shares

आरती स्ट्रीप्स प्रा.लि.ले सरकारद्धारा प्रस्तुत आगामी बजेटले निजी क्षेत्र उत्साहित देखिएको बताएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै नीजि क्षेत्रले उठाउदै आएका बिभिन्न मागहरु बजेटले समेट्दा अत्यन्त हर्षित भएको उल्लेख गर्दै सरकारको नीतिले औद्योगिक विकासमा टेवा पुग्ने जनाएको छ ।

उत्पादन मुलक उद्योगको जग्गा हदबन्दी, नेपाल सरकारको जग्गा ५० बर्षसम्मको लागि भाडामा उपलब्ध गराउने, आत्मनिर्भर भएका उद्योगहरूलाई निर्यात गर्दा ८ प्रतिशतसम्म क्यास इन्सेन्टिभ दिने कुरा सरहानीय रहेको कम्पनीको भनाई छ ।

आइरन, वायर रड, कर्कट जस्तापाता लगायतका अन्य फलामजन्य सामाग्रीहरुमा देश आत्मनिर्भर भएको अवस्थामा आयात प्रतिस्थापनको नीति हुने स्वगतयोग्य रहेको छ । यसले बिदेशी तथा स्वदेशी लगानीमा स्थापित उद्योगहरुले अब सहज रुपमा ब्यापार व्यवसाय गर्ने बाटो खुलेको र आयातित फलामजन्य समाग्रीबाट स्वदेशी उत्पादनलाई कुनैपनि समस्या नरहेको कम्पनीको दाबी छ ।

सरकारले बार्षिक १० करोड भन्दा बढी बिजुली खपत गर्ने उद्योगलाई न्यूनतम २ देखि १५ प्रतिशत छुट दिने घोषणा गरेको छ । तयारी अवस्थामा निर्माण भई बाहिर निर्यात गर्ने सामानको लागि समेत राम्रो व्यवस्था गर्नुका साथसाथै मुलुकमा औद्योगिक क्षेत्रको बिकास गर्न, बैदेशिक लगानी आर्कर्षित गर्न एवं आयात प्रतिस्थापन गरी निर्यातलाई प्रर्वधन गर्न सजिलो भएको कम्पनीले जनाएको छ ।

यसका साथसाथै अर्पाटमेन्टहरु बिदेशी नागरिकलाई बिक्री गर्न दिने बजेटको प्रावधानले नेपालमा स्थापित सिमेन्ट र डण्डी उद्योगहरु व्यपार बढ्नुका साथै सरकारको राजस्वमा समेत थप बृद्धि हुन जाने कम्पनीको भनाई छ ।

सरकारद्धारा प्रस्तुत गरीएको बजेट निजी उद्योगहरुलाई प्रोत्साहन एवं संरक्षण गर्नेगरी ल्याइएको बताउँदै कम्पनीले प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग अनुरोध समेत गरेको छ ।

आरती स्ट्रीप्स प्रा.लि. नेपालकै सबैभन्दा ठुलो बैदेशिक लगानीमा स्थापित फलामजन्य सामाग्री उत्पादक कम्पनी हो जो मोरङ्गको बिराटनगरस्थित टंकीसिनावरीमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७९, मंगलबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।