एनसीसी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको १ लाख ९२ हजार ६२६ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।

बैंकका विभिन्न संस्थापक सेयरधनीहरुले उत्तः संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले कुल १ लाख ९२ हजार ६२६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमा संस्थापक मानाङ्क इन्भेस्टमेन्ट प्रालिको १ लाख ३ हजार ३९ कित्ता, बोधप्रसाद त्रिपाठीको ५४ हजार कित्ता, श्यामबहादुर महर्जनको १५ हजार २५१ कित्ता, ठगेन्द्र लक्ष्मी केसीको ७ हजार ६२६ कित्ता, अनिता श्रेष्ठको ७ हजार ६२६ कित्ता र सुनिता नेवटियाको ५ हजार ८४ कित्ता रहेको छ ।

पहिलो चरणमा यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। यस अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा दोस्रो चरणमा अन्य इच्छुक सर्वसाधारण लगानीकर्तालाई आवेदन खुला हुनेछ ।

विद्यमान इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको मिति (जेठ १८ गते) देखि ३५ दिनभित्र यी सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७९, बुधबार  ०९ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।