सगरमाथा हाइड्रोले ५५ करोडको आईपीओ जारी गर्न प्रभु क्यापिटललाई छान्यो बिक्री प्रवन्धक

0
Shares


सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई ५५ करोड बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता जेष्ठ १९ गते बिहीबार सम्पन्न भयो । सम्झौतामा सगरमाथा जलविद्युत कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरे ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १२ करोड मध्ये स्थानीयका लागि १० प्रतिशत वापत ११ लाख २० हजार कित्ता अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको गरी जम्मा कुल ५४ करोड ८८ लाख बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले सम्झौता कार्यक्रममा जानकारी दिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २० जेष्ठ २०७९, शुक्रबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।